तिर्थराज ज्ञवाली
देउखुरी, ३१ भदौ । दाङ जिल्लाको राप्ती गाउँपालिकामा गरिव घरपरिवार पहिचान गरी परिचयपत्र वितरणका लागि गरिएको तथ्याङ संकलनको काम सम्पन्न गरिएको छ ।

garibगत फागुन देखि सुरु भएको तथ्याङ संकलनकार्य कोरोना कहरका कारण केही समय रोकावट भएपनि गत जेष्ठदेखि पुनः समाजिक दुरी कायम गर्दै सुरु गरिएको थियो ।

एक जना सुपरिबेक्षक र सात जना गणक सहितको टोलीले राप्ती गाउँपालिका क्षेत्रको सम्पुर्ण घरपरिवारको सम्पूर्ण जानकारी सहित तथ्याङ संकलन गरेको र राप्ती गाउँपालिकामा पछिल्लो तथ्याङ अनुसार १० हजार ७२० घरधुरीको विवरण लिइएको सुपरिबेक्षक बासुदेव थापाक्षेत्रीले जानकारी दिएका छन् ।

गरिव घरपरिवार पहिचान गरी परिचयपत्र वितरणका लागि गरिएको तथ्याङ संकलकले भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सर्भरमा पठाएको जानकारीका आधारमा कुनै घरपरिवारको बर्गीकरण गरिने ब्यवस्था रहेको छ । सो तथ्याङ संकलन राप्ती गाउँपालिकामा कम्प्युटर एसिस्टेड पर्सनल ईन्टरभ्यु सिस्टमबाट गरिएको थियो ।

गाउँपालिकाले गरिव घर परिवार पहिचान गरी परिचय पत्र वितरणका लागि गरिएको तथ्याङ संकलनको कामलाई प्रभावकारी रुपमा सञ्चालन र सम्पन्न गर्न साथै कोही घरपरिवार सो तथ्याङ लिने कामबाट नछुट्ने ब्यवस्थाका लागि वडा, टोल, समूहबाट जानकारी, सञ्चार माध्यमबाट सूचना प्रवाह गरी नागरिकमा चेतना फैलाइएको थियो ।

कुनै एक घरको तथ्याङ दिने समययमा घरमुलीको नाम, परिवार संख्या, जग्गाको विवरण, अन्य आम्दानीको श्रोत लगायत करिव १०० बढी प्रश्न मा रहेर जानकारी, घरको र घरमुलीको फोटो खिच्ने काम तथा जिपीयस लोकेसन समेत लिइएको सुपरिबेक्षक बासुदेव थापाक्षेत्रीले जानकारी दिए ।

गरिव परिवारको बर्गीकरण र प्रारम्भिक सूची प्रकाशनका लागि भूमि ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले संकलित तथ्याङ विश्लेषण तथा स्वीकृत परिमार्जन सूची समेतको आधारमा गरिव परिवारलाई अति गरिव, मध्यम गरिव, सामान्य गरिवमा वर्गीकरण गर्ने कार्यक्रम रहेको छ । मन्त्रालयको योजना अनुसार गरिव परिवारको रुपमा पहिचान भएका परिवारलाई परिचय पत्रको आधारमा ब्यवस्था तथा कार्यक्रम ल्याउने योजना छ ।

गरिव परिवार पहिचान तथा परिचय पत्र वितरण निर्देशिका २०७५ को अनुसुचि १ को गरिव परिवार पहिचानका सुचकहको आधारमा मापडण्ड निर्धारण गरी गरिव परिवार र गरिवीको प्रकार पहिचानका लागि तथ्याङ विश्लेषण प्रोक्सी मिन्स टेस्ट वा अन्य प्रचलित विधिद्धारा प्रत्यक परिवारको प्राप्त गरेको समृद्धि मापन सुचकाङकले निर्धारण गर्ने ब्यवस्था छ ।