इन्द्रेणी संवाददाता
दाङ, ३० भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघले बजार खुलेसँगै व्यवसायिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड पुरा भए नभएको बारेमा अनुगमन गरेको छ । संघले सोमवारदेखि बजारमा पुगेर मापदण्ड पुरा गरे नगरेको बारेमा जानकारी लिन थालेको हो ।
व्यवसायिक प्रतिष्ठानमा स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेको नगरेको वारेमा अनुगमन जारी राखेको स्वास्थ्य सुरक्षा अनुगमन समितिका संयोजक टंकसिह वुढाथोकीले जानकारी दिए । अनुगमनका क्रममा व्यवसायिहरुले स्वास्थ्य मापदण्ड पुरा गरेको नै पाइएको उनले बताए । ‘अनुगमनका क्रममा नागरिकहरु सचेत नै रहेको पाइएका छौ’, वुढाथोकीले भने ।
त्यसैगरी सचेतना सन्देश लेखिएका स्टीकर पनि टासिएको थियो । यस प्रकारको अभियानलार्इ निरन्तरता दिइने संयोजक वुढाथोकीले बताए । टोली मंगलवार घोराहीको बैकरोड, गणेश मन्दिर रोड, भाडा लाइन, सब्जीमण्डी लगायको स्थानमा पुगेर अनुगमन एवं सचेतना जनाएको छ ।
अनुगमन टोलीमा अनुगमन समितिका सदस्यहरु टंकप्रसाद पोख्रेल (कमल), रामप्रसाद पोख्रेल, भाडा व्यवसायी समितिका अध्यक्ष मधुसुदन अधिकारी, फेन्सी व्यवसायी समितिका अध्यक्ष एकराज खनाल, सचिव माधव खनाल, हाडवयर समितिका अध्यक्ष दामोदर केसी, गल्ला तथा किराना व्यवसायी समितिका विनोदपाण्डे लगायतको सहभागिता थियो ।











