इन्द्रेणी संवाददाता
बाँके, ३० भदौ । बाँकेमा ४२ जना कोरोनामुक्त भएका छन् ।
मंगलवार १८ महिना र २४ पुरुष गरी ४२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँके जनाएको छ । आज डिस्चार्ज भएका ४२ जनासँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या १ हजार ७८ पुगेको कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
बाँकेमा अहिले कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ हजार ४ सय ६९ रहेको छ भने भने ४ पुरुष र ४ महिला गरी ८ जनाको कोरोनाले मृत्यु भएको छ । हाल जिल्लाका आइसोलेसन सेन्टरमा अन्य जिल्लाका ३ जना गरी ३ सय ८६ जना संक्रमित उपचाररत छन् ।











