इन्द्रेणी संवाददाता
काठमाडौं, २८ भदौ। सरकारले कोरोना नमूना पीसीआर परीक्षणको मूल्य घटाएको छ ।
अब सरकारी तथा नीजि सबै प्रयोगशालामा पीसीआर परीक्षणको सबै काम गरेवाफल दुई हजार मात्रै लाग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
आइतवारको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता गौतमले पीसीआर परीक्षणमा अब दुई हजार मात्रै लाग्ने बताएका हुन् । सरकारले यसअघि ४ हजार ४ सय रुपैयाँ र २ हजार २ सय रुपैयाँ गरी दुई प्रकारको शूल्क निर्धारण गरेको थियो । त्यसभन्दा पहिले सरकारले पीसीआर परीक्षणको शूल्क ५ हजार ५ सय रुपैयाँ तोकेको थियो ।











