इन्द्रेणी संवाददाता
दाङ, २८ भदौ । जिल्ला प्रहरी कार्यालय दाङले प्रहरी हवल्दारमाथि चक्कु प्रहार गर्ने महिलालाई पक्राउ गरेको छ ।

pakrauभदौ २७ गते अन्दाजी साढे ४ बजेको समयमा घोराहीको सुर्खेती खाजाघरमा खाजा खाइरहेको अवस्थामा ती महिला र प्रहरी हवल्दारबीच विवाद हुँदा ती महिलाले प्रहरी हवल्दारमाथि चक्कु प्रहार गरेकी थिएन् ।

चक्कु प्रहारबाट घाइते प्रहरी हवल्दारको राप्ची स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पछि डिस्चार्ज भएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

ती महिला प्रहरी हवल्दारकै चिनजानी भएको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी हवल्दार जिल्ला प्रहरी कार्यालयमा कार्यरत हुन् ।