इन्द्रेणी संवाददाता
सिन्धुपाल्चोक, २८ भदौ । गएराति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ७ घुम्थाङको नागपुजे र भीरखर्कमा आएको पहिरोमा पुरिएका तीन जना महिलाको शव फेला परेको छ ।
भीरखर्कको मानवीय र भौतिक क्षतिको बिबरण संकलन हुदैगरेको प्रहरी निरिक्षक नवराज न्यौपानेले बताए । पहिरोले बाह्रबिसे नगरपालिका ७ घुम्थाङको १८ घर बगाएको थियो । अझै नागपुजेका ७ घरका १७ जना बेपत्ता छन् । वेपत्ताको खोजी कार्य जारी रहेको छ ।











