इन्द्रेणी संवाददाता
सल्यान, २७ भदौ । सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले टोल कमिटी गठन गरेको छ । शनिबार सम्पन्न भेलाबाट नयाँ टोल कमिटी गठन भएको र ७ जनाले कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेको वडा कमिटी अध्यक्ष भुवनेश्वर गौतमले बताए ।

ne ka pa kapurkotनवप्रवेशीहरुमा हर्षबहादुर बुढाथोकी, गणेश पुन, सुदीक्षा गिरी, सुसिला यरी, रामकुमारी यरी, टेकबहादुर रोका र युवराज यरी रहेका छन् ।भेलाले भिमबहादुर बुढा अध्यक्ष रहेको १७ सदस्यीय पाखापानी लामिडाँडा टोल कमिटी पनि निर्माण गरेको वडा कमिटी सचिव पवन कार्कीले जानकारी दिए । जसको सचिवमा चुडामणी गिरी र सदस्यहरुमा अशोक बाँठा, सुदीक्षा गिरी, मोहनलाल बाँठा, लोकबहादुर रावत, तारासिंह खड्का, सुशीला यरी, देवा खड्का, इन्द्रा खड्का, पदम बुढाथोकी, मिनेन्द्र सेन, टेकबहादुर रोका, हर्षबहादुर बुढाथोकी, गणेश पुन, नागेन्द्र रावल, इन्द्रा बुढाथोकी रहेका छन् ।

कार्यक्रममा नेकपा कर्णाली प्रदेश कमिटीका अध्यक्ष भिमबहादुर सेनले नेकपाको नेतृत्वमा नै विकास र नागरिकले खुसी प्राप्त गर्न सक्ने धारणा प्रस्तुत गरे । गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका समेत प्रमुख रहेका सेनले सडक, खानेपानी, विद्युत, सिंचाइ लगाएतका समस्या समाधानमा आफूहरु लागिरहेको र नागरिकहरुले विस्तारै प्रतिफल प्राप्त गर्दै गएको बताए ।