इन्द्रेणी संवाददाता
दाङ, २७ भदौ । पूर्वसभामुख कृष्णबहादुर महराले नेपालका विविध संस्कृतिमध्ये थारू जातिको संस्कृति पनि नेपालको पहिचान झल्कने संस्कृति भएको बताएका छन् ।

1यो संस्कृतिलाई जिवन्त बनाउन संरक्षणको खाँचो रहेको भन्दै थारू समुदायको संस्कृति र पहिचानलाई जोगाइ राख्न आफ्नो तर्फबाट हरपल मद्दत गर्ने बताए ।

2दाङको दंगीशरण गाउँपालिका वडा नं. ३ चखौरामा रहेको थारू संग्राहलयको शुत्ररवार अवलोकन गर्दै पूर्वसभामुख महराले यस्तो बताएका हुन् । थारू पहिचान तथा संकृति संरक्षणका लागि थारू सामुदायको संस्कृति झल्कने उद्देश्यले निर्माण गरिएको संग्रालयको महराले अवलोकन गरे ।

7पछिल्लो समयमा संग्राहलय सबैको आकर्षण भएको भन्दै यसलाई थप व्यवस्थित गर्दै विकास गर्न सके आन्तरिक पर्यटनको सम्भावना बढेर जाने उनको भनाइ थियो ।

11संग्राहलयमा थारू समुदायको इतिहास, उत्पति, भेषभुषा, कला संस्कृति, रहनसहन, खानपान, चाडपर्व, दंगीशरण राजाको सालिकलगायतका थारू समुदायको संस्कृतिसँग जोडिएका सामग्रीहरु राखिएको छ ।

10सो अवसरमा महतवा महासंघका केन्द्रिय अध्यक्ष एवं प्रदेश नं. ५ का प्रदेशसभा सदस्य डिल्ली चौधरीले संग्राहलय पछिल्लो समय आन्तरिक पर्यटनको केन्द्रविन्दु बन्दै गएको बताए ।

14‘ यो थारू संस्कृति र इतिहाससँग जोडिएको भूमि पनि हो’, उनले भने, ‘यसको अध्ययन अवलोकन गर्न दैनिकजासो मानिसहरु आउने गरेका छन् ।’

6दैनिक यहाँको थारू कला संस्कृति हेर्नका लागि पाँच सयदेखि एक हजारसम्म मानिस आउने गरेको उनले बताए ।

5

3

12