इन्द्रेणी संवाददाता
चितवन, २६ भदौ । चितवनमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड प्रयोगशालाले शुक्रबार विहान सार्वजनिक गरेको सूचनामा १५६ स्वाव परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमा चितवनका ३१ र अन्य जिल्लाका ३ जना रहेको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिएकी छन् । चितवनका सबै भरतपुर महानगरपालिकाका रहेका छन् । जसमध्ये २६ जना पुरुष र ५ जना महिला छन् ।











