इन्द्रेणी संवाददाता
दाङ, २५ भदौ । साविक राप्तीका व्यवसायीहरुले सहज रुपमा व्यवसाय सञ्चालन गर्ने दिन माग गरेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा साविक राप्ती अञ्चलमा रहेका उद्योग वाणिज्य संघका अध्यक्ष तथा निर्वतमान अध्यक्षहरुको जुम बैठकले यस्तो माग गरेको हो ।

Dcciलामो समय देखिको लकडाउनको कारण अर्थतन्त्र नै थरापमा परेको भन्दै उनीहरुले उद्योग व्यवसाय सञ्चालनमा ल्याउन राज्यले सहयोग गर्नुपर्ने बताए । अहिले रोगले भन्दा पनि नागरिक भोकले मर्ने अवस्था आएको उनीहरुको भनाइ थियो । बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ५ का उपाध्यक्ष हेमराज वन्जाडेले लामो समयको लकडाउनको कारण व्यवसायीहरु संकटमा परेको बताए । राज्यले योजना विना लकडाउन मात्र वढाइ रहेको उनको भनाइ रहेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले राज्यले लडकउन खुकुलो वनाएर अगाडि वढनुपर्ने बताए । लामो समयदेखि लकडाउनको कारण अर्थतन्त्र नै धरापमा पर्ने थालेको भन्दै यसलाई चलायमान गराउनुपर्ने बताए ।

तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पदका उमेद्धार विमल रिजालले स्वास्थ्य माप दण्ड पुरा गरेर व्यवसाय सञ्चालन गर्ने पाउनुपर्ने बताए । यसका लागि राज्यले व्यवसाय सञ्चालन गर्ने दिनुपर्ने उनको भनाइ थियो ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावत (विरु) ले अहिले धेरै नागरिक भोकले मर्ने अवस्था आउन थालेको भन्दै राज्यले अभिभाकीय जिम्मेवारी निर्वाह गर्ने सक्नुपर्ने बताए । ‘नागरिकहरु रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएको छ ’ रावतले भने ।
देउखुरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शोभाकर घिमिरेले व्यवसाय खोल्न पाउनुपर्ने बताए । सरकारले थुनेर राखेर मात्र समस्याको समाधान हुन नसकने उनको भनाइ छ ।

रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्द्रले कोरोनाको सङक्रमण भन्दा पनि वढी प्रचार भएको बताए । सङक्रमण धेरै नभएको स्थानमा लकडाउन हटाएर अगाडि वढनु पर्ने उनको भनाइ छ ।

सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर चलाउनेले लामो समयको वन्दको कारण नागरिकहरुमा मानसिक रुपमा समेत असर गरेको बताए । मानसिक रुपमा समस्या हुदा यसले अझ वढी समस्या ल्याउन सक्ने उनको बताइन् ।

प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतीले लामो समयदेखि व्यवासायि थुनिएर वस्नु पर्ने वाध्यता रहेको बताए । यसरी थुनिएर वस्नु पर्दा व्यवसायिहरुलाई धेरै भएको बताए । लामो समय काम गरेर खान नपाउदा मानिसहरु आत्म हत्या गर्नेहरुको सङख्या वढेको बताए ।

रोल्पा बालकृष्ण सुवेदीले कोरोनाले त्रसित वनाउने काम मात्र भएको बताए । ‘सङक्रमण भन्दा पनि प्रचार वढी भएको पाइएको छ’ सुवेदीले भने । राज्यले निजी क्षेत्रलाई उपेक्षा गरेको बताए । व्यवसायलाई सहज रुपमा सञ्चालन हुन दिनुपर्ने उनको भनाइ छ । बैठको सहजिकरण दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्यालय प्रमुख धनेश्वर शर्माले गरेका थिए ।