इन्द्रेणी संवाददाता
दाङ, २५ भदौ । थारु समुदायको पर्व ‘जितिया’ शुरु भएको छ । यो पर्व थारु समुदयाले आजबाट तीन दिनसम्म मनाइने गर्दछन् । पहिलो दिन आज नदीमा गएर माछा मारेर ल्याउने चलन छ । दोस्रो दिन स्नान गर्ने र जितवाहनको पूजा गर्ने तथा तेस्रो दिन समापन गर्ने चलन छ ।

tharu-culture-dance-during-maghiयस पर्वमा थारु समुदायको परम्परागत पहिरनमा सजिएर सामूहिक रुपमा ‘झाम्टा’ नाच्दै जितिया मनाउने गर्दछन् । तर यस पटक भने कोरोनाका कारण यो पर्वको रौनक छैन । भेलय भएर नाचगान गर्नमा सरकारले रोम लगाएपनि उनीहरुले यस वर्ष यो पर्वमा सामुहिक नाच गर्न पाउने छैनन् ।

जितिया अन्तर्गत आश्विन कृष्ण सप्तमी तिथिका दिन व्रतालु नदी, तलाउ वा पोखरीमा पुगेर स्नान गरी सूर्यदेवलाई जलर्पण गरेर पर्वको सङ्कल्प गर्छन् । घिरौंँलाको पातमा पिना, चिउरा र दही राखेर जिमूतवाहनलाई अर्पण गरी पर्व सुरु गरिन्छ ।

कोरोनाका कारण सामुहिक रुमाप यो पर्व मनाउन नसकिएपनि थारु समुदायको वाहुल्यता रहेका दाङ, बाँके, वर्दिया, कैलाली, कञ्चनपुरलगायतका जिल्लाहरुमा घरघरमा यो पर्व बनाइदै छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले । जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै यो पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताएका छन् ।

त्यस्तै जितिया पर्वको अवसरमा राष्ट्रिय सभा उपाध्यक्ष माननीय शशिकला दहालले व्यक्त गरेकी छन् । ‘पूर्वी तराई मधेश, विशेष गरी मिथिला क्षेत्रमा महत्वपूर्ण पर्वका रुपमा मनाइने जितिया पर्वका अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं दीर्घायूको हार्दिक शुभकामना व्यक्त गर्दछु’, शुभकामना सन्देशमा भनिएको छ ।