बाँके, २३ भदौ । दुर्घटनापछि गम्भिर घाइते भई उपचारको क्रममा कोरोना पुष्टि हुनुभएका अर्घाखाँची शितगङ्गा १२ का ४५ वर्षिय पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मङ्गलबार विहान मृत्यु भएको छ ।

dethउनी भदौ ११ गते उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । साउन २७ गते दुर्घटनामा परी गम्भिर घाइते भएका ती व्यक्तिको दायाँ करङ्ग भाँच्चिएको, फोक्सोमा पानी र रगत जमेको र नाडीको हड्डी पनि भाँच्चिएको थियो ।