इन्द्रेणी संवाददाता
काठमाडौ, १६ भदौ । नेपालमा आज मंगलवार थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

koronaaवितेको २४ घण्टामा थप ३४४ महिलासहित १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको नमूना परीक्षण गर्दा १ हजार ६९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । योसँग्ै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ३९३ जना, ललितपुर जिल्लामा ५८ जना र भक्तपुर जिल्लामा ३० जना रहेका छन् ।

हाल नेपालमा सक्रिय संक्रमित १८ हजार ११२ रहेका छन् । पछिल्लो २४ घण्टामा ७६८ जना कोरोना जितेर घर फर्केका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २२ हजार १७८ पुगेको छ ।