इन्द्रेणी संवाददाता
दाङ, १५ भदौ । जिल्लामा कोरोनाको जोखिम बढ्दै गएपछि दाङमा गरिएको निषेधाज्ञाको अवज्ञा गर्ने ९७ सवारीका साधनलाई प्रहरीले कारवाही गरेको छ ।

Traffic-Checking-620x330निषेधाज्ञाको पहिलो दिन सोमवार जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञाको उलंघन गर्ने ९७ वटा सवारीका साधनलाई होल्डमा लिएर सम्झाइबुझाइ छाडिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यसरी कारवाहीमा पर्नेहरुमा ७१ वटा ट्रक, मोटरसाइकल २२ वटा, कार/जीप ३ वटा र अटो एउटा रहेको प्रहरीले जनाएको छ । निषेधाज्ञालाई पालना गरिदिन पनि जिल्ला प्रहरी कार्यालय दाङ आम नागरिकलाई आग्रह गरेको छ ।