काठमाडौं, १५ भदौ । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ ।  दिल्लीमा सेनाको आर एण्ड आर अस्पतालमा भर्ना भएका थिए ।

PranabMukherjeउनको मस्तिष्कको शल्यक्रिया गर्नुअघि गरिएको परीक्षणमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । गएको अगस्ट १० मा मुखर्जीले ट्वीट गर्दै आफूमा कोरोना भाइरसको सङ्क्रमण देखिएको बताएका थिए ।

शल्यक्रिया पछि पूर्वराष्ट्रपति मुखर्जी कोमामा पुगेका थिए । आर एण्ड आर अस्पतालले हरेक दिन निको स्वास्थ्यको बारेमा जानकारी दिइरहेको थियो ।

capture-31820200सोमबार साँझ पौने ६ बजेतिर राष्ट्रपति प्रणब मुखर्जीका छोरा तथा पूर्वसांसद् अभिजीत मुखर्जीले ट्वीट गर्दै उनको निधनको पुष्टि गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मुखर्जीको निधनमा शोक व्यक्त गर्दै ट्वीट गरेका छन् ।