इन्द्रेणी संवाददाता
सिन्धुपाल्चोक, ३ भदौ । गएको शुक्रवार विहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरामा परी हराइरहेका २५ जनाको शव फेला परेको छ । हराइरहेका मध्ये १४ जना अझै वेपत्ता रहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

ppहराएकाहरुको खोजी कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरेलु औजारको सहायताबाट हराएकाहरुको खोजी कार्य गरिरहेको छ । वस्तीमाथिबाट आएको पहिरोले त्यहाँका २७ बढी घरमा क्षति पुर्याएको थियो ।