इन्द्रेणी संवाददाता
विराटनगर, ३ भदौ । धरान र मकवानपुरमा आज एक/एक जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान–१५ निवासी ७१ वर्षीया महिलाको मृत्यु भएको प्रष्ठिानले जनाएको छ ।
साउन २४ गते वीपी भर्ना हुनु भएकी महिलाको एन्फा क्वारेन्टीनमा २३ गते स्वाब लिइएको थियो । स्वाब परीक्षणमा पोजेटिभ आएपछि अस्पतालमै शुरु गरिएको थियो । उनको आज ११ः१५ बजे मृत्यु भएको हो ।
यसैगरी मकवानपुरमा कोरोना सङ्क्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गएराति मृत्यु भएका हेटौँडा उपमहानगरपालिका १ का ६१ वर्षका वृद्धमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोनाबाट मृत्यु भएको मकवानपुरमा यो पहिलो घटना हो ।











