अछाम, ३ भदौ । अछाममा बाढीले बगाउँदा ६ जनाको ज्यान गएको छ । रामारोशन गाउँपालिकामा बाढीले बगाउँदा ६ जनाको ज्यान गएको हो भने ११ जना बेपत्ता भएका छन् ।
मंगलवार राति कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका – ५ सैनिबजारबाट बगाएका १७ जनामध्ये ६ जनाको शव कैलाशको विभिन्न ठाउँमा भेटिएको हो । बान्नीगढी जयगढ गाउँपालिका ६ दर्नाको कोसेडामा ४ जनाको र मंगलसेन नगरपालिका ३ को लमतणा र सेरीमा दुई जनाको शव भेटिएको छ ।











