इन्द्रेणी संवाददाता
दाङ, २१ साउन । जिल्ला समन्वय समिति दाङको चौथो जिल्ला सभा आज हुँदैछ । जिल्ला सभाको सम्पूर्ण तयारी पूरा भएको जिल्ला समन्वय समितिका सभापति जितेन्द्रमान नेपालीले जानकारी दिएका छन् ।
आज विहान १० बजेबाट शुरु हुने सभाको उद्घाटन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले गर्ने कार्यक्रम छ । सभामा जिल्लाका विविध योजनाबारे छलफल हुने समन्वय समितिले जनाएको छ । सभा जिल्ला समन्वय समितिको सभाहलमा हुने तय गरिएको छ ।











