काठमाडौँ, २० साउन । त्रिभुवन विश्वविद्यालय कोरोना सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन नगर्ने भएको छ ।

TUकोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याउदै तत्काल परीक्षण गराउने निर्णयबाट पछि हटेको हो ।

यसअघि विश्वविद्यालयले विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्थगित परीक्षा भदौ पहिलो साताबाट पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । अब स्थगित परीक्षाको निर्णय लिने विषयमा आफूहरू पर्ख र हेरको अवस्थामा रहेको बताइएको छ ।