इन्द्रेणी संवाददाता

काठमाडौं, १९ साउन । पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । सरकारले लकडाउन हटाएसँगै भिडभाड बढ्दै गएको र कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको हो । आज सोमवार मात्रै नेपालमा ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

koronaaवितेको २४ घण्टामा ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार १६८ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा ५ हजार ७३२ जनामा कोरोनाको सङ्क्रमण सक्रिय रहेका छन् ।