सिन्धुपाल्चोक, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा गएराति गएको पहिरोमा परेर ज्यान गुमाउने आठै जनाको शव भेटिएको छ ।
ज्यान गुमाउनेहरुमा ४२ वर्षीय भारतीय नागरिक राजेन्द्र चौरसिया, पर्साको वीरगन्जका ३५ वर्षीय प्रदीप चौरसिया र २१ वर्षीय राजेश चौधरी, बाराको सिमराका २५ वर्षीय विक्रम थिङ, मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिवबालक धामी र १७ वर्षीय सोनाम लामा रहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा सबै कभर्ड हल निर्माणमा खटिएका मजदुर हुन् । पहिरोमा परी घाइते भएका भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको लगिएको छ ।











