दीपक शर्मा
बर्दिया, १९ साउन । आफैले बनाएको शिक्षक व्यवस्थापन कार्यविधि तथा शिक्षा नियमावलीको विरुद्धमा गएको भन्दै बर्दिया ठाकुरबाबा नगरपालिकाका शिक्षक आन्दोलित भएका छन् ।

techarक्रियाशील अवस्थामा रहेको शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ एंव ठाकुरबाबा नगरपालिकाकाको नगर शिक्षा ऐन २०७५ र शिक्षक व्यवस्थापन कार्यविधि २०७५ को प्रावधान विपरित शिक्षकको सरुवा गरिएको भन्दै ठाकुरबाबा नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी समेत गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाले देश नगरपालिका र समाजलाई त्रसित बनाई मानिसको जिउज्यान जोगाउन सवै क्षेत्र लागि परेको समयमा शिक्षा क्षेत्र र कर्मठ लगनशील र राम्रो कार्य तथा परिणाम देखाई नगरपालिका शिक्षा शाखाबाट पुरस्कृत भएका विद्यालयको नेत्रृत्वको मानमर्दन समेत हुने गरी सम्पुर्ण शिक्षक र शिक्षा क्षेत्रलाई नै आंतकित बनाउने एंव सुधारोन्मुख अवस्थामा रहेको ठाकुरबाबाको शिक्षालाई तहस नहस बनाउने गरी शिक्षा ऐन २०७५ र शिक्षक नियमावली २०५९ तथा शिक्षक दरबन्दी मिलान कार्यविधि २०७६ र आफैले बनाएको नगर शिक्षा ऐन २०७५ तथा शिक्षक व्यवस्थापन कार्यविधि २०७५ का सम्पुर्ण प्रावधानलाई समेत पन्छाउदै स्वविबेक , स्वच्छाचारी प्रबृतिबाट राजनितिक आस्था र जात जातियताका आधारमा आफू अनुकुल नभएका व्यक्तिलाई पन्छाउने र तह लगाउने कार्य गरिएको भन्दै आफूहरु आन्दोलित भएको नेपाल शिक्षक संघ ठाकुरबाबा नगरपालकाका नगर समितिका अध्यक्ष खडकप्रसाद उपाध्यायले बताए ।

शिक्षक सरुवा सम्वन्धि एजेन्डा शिक्षा समितिमा छलफल नगरी शिक्षकका पेशागत संगठन विचको विगतको सहमति वेगर सरुवा गरिएको भन्दै आफूहरुले बाध्य भएर नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको शिक्षकहरुको भनाइ रहको छ ।

उता यस विषयमा विवाद आएपछि शिक्षकहरुसंग समन्वय छलफल गरी देखिएको विवादको समस्या समाधान गर्नका लागि शिक्षा समितिको बैठक वसी निष्कर्षमा पुगिने ठाकुरबाबा गनरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले बताए । ठाकुरबाबा नगरपालिकामा ४१ जना शिक्षकलाई अपाएक पर्ने गरी सरुवा गरिएको सरुवा गर्दा समन्वय तथा छलफल नगरिएको भन्दै शिक्षकहरु आन्दोलित भएका हुन् ।