काठमाडौं, १८ साउन । नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या ५७ पुगेको छ। कोरोनाबाट शनिबार साँझ वीरगन्जकी एक वृद्धाको मृत्यु भएसँगै मृतकको संख्या ५७ पुगेको हो ।
शुक्रबार राति कोरोनाको संक्रमण पुष्टि भएर नारायणी बयोधा अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका–१६ नगवाकी ६८ वर्षीया महिलाको शनिबार साँझ मृत्यु भएको थियो ।











