इन्द्रेणी संवाददाता
गुल्मी, १७ साउन । गुल्मीमा पहिरामा परेर एउटै घरका चार जनाको ज्यान गएको छ । शुक्रवार राति रुरुक्षेत्र गाउँपालिका ५ आटिपाटामा गएको पहिरोमा परी चार जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेहरुमा त्यहाँका बिना माझी उनका दुई छोरा र एक छोरीरहेको वडा अध्यक्ष हरि ज्ञवालीले जानकारी दिएका छन् । घरमाथिबाट आएको पहिरोको थप विवरण आउन बाँकी रहेको छ । घटना स्थलतर्फ प्रहरी गएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।











