काठमाडौं, २ जेठ । लकडाउनका कारण झापामा थुनिएका पूर्वराजा ज्ञनेन्द्र शाहलाई काठमाडौं फर्कना अनिमति दिइएको छ । गृह मन्त्रालयले पूर्वराजा शाह र पूर्वरानी कोमल शाहलाई झापाबाट काठमाडौं आउने पास दिएको हो।
यसअघि गृह मन्त्रालयले दुईपटकसम्म पास उपलब्ध नगराउने निर्णय गरेको थियो। निर्णयको विरोध हुन भएपछि मन्त्रालयले उनीहरुलाई पास उपलब्ध गराएको हो।











