काठमाडौं, २ जेठ । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार बाँकेमा ८ र मकवानपुरमा एक जना थपिएपछि नेपालमा संक्रमित संख्या २५८ पुगेको छ ।

koronanaराष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भेरी अस्पतालमा गरिएको परीक्षणबाट सो पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा मकवानपुर निवासी ३७ वर्षीय पुरूष, बाँकै नैनापुरा १,३ र ५ निवासी १८,२०,२२,२५,२५, २७, ३२, र ३६ वर्षका पुरूष रहेका छन् ।