इन्द्रेणी संवाददाता
दाङ,१ जेठ । दाङको घोराही उपमहानगरपालिका ५ मा आज १२० बिपन्न घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ ।
लकडाउनका कारण समस्यामा परेका घरपरिवारलाई घोराही उपमहानगरपालिकाको सहयोगमा वडा कार्यालयले दोश्रो चरणको राहत सहयोग कार्यक्रमअन्तर्गत बिहिवार वडा कार्यालयबाट १२० विपिन्न घर परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।
कोरोना भाइरसको महामारीका कारण दैनिक जीविका चलाउन समस्या परेका वडाका अति विपन्न घरपरिवारलाई वडा कार्यालयले चामल, नून र हातधुनलाई सावुन वितरण गरेको घोराही उपमहानगरपालिका वडा नं. ५ का वडा सचिव लक्ष्मण अधिकारीले जानकारी दिए ।
वडा कार्यालयले दोश्रो चरणको सहयोग कार्यक्रम अन्तर्गत पहिलो दिन वडाका विपन्न घरपरिवारलाई प्रति व्यक्ति पाँच किलो चामल, एक प्याकेट नून र एउटा सावन सहयोग गरेको हो । उक्त खाद्यान्न वडा अध्यक्ष बिष्णुमणी दाहालले विपन्न परिवारलाई हस्तान्तरण गरेका थिए ।
वडा कार्यालयले पहिलो चरणमा विभिन्न संघसस्थाहरुको सहयोगमा वडाका २८५ विपन्न घरपरिवारलाई चामल, दाल,नून, तेल,सावुनलगायतका सामग्र्री वितरण गरेको थियो ।











