वीरगञ्ज, ३१ बैशाख । भारतले नेपालबाट हुँदै आएको प्रशोधित पाम आयलको आयात पुनः रोकेको छ । भारतको वैदेशिक व्यापार निर्देशनालयले आयातमा प्रतिबन्ध लगाएपछि मंगलवारदेखि नेपालबाट प्रशोधित पाम आयल निकासी रोकिएको छ । निर्देशनालयले सोमवार मातहतका क्षेत्रीय निकायलाई सूचना पठाएर पाम आयल आयातमा प्रतिबन्ध लगाइएको बताएको हो ।

paam-oilयसअघि पनि भारतले गत जनवरी ८ देखि करीब डेढ महीना यस्तो प्रतिबन्ध लगाएको थियो । माघको अन्तिम सातादेखि भारतले आप्mना केही आयातकर्तालाई नेपालबाट पाम आयल ल्याउन अनुमति दिएपछि नेपालबाट फागुनको दोस्रो साताबाट निर्यात खुलेको थियो । भारतले अहिले साप्mटा सुविधाअन्तर्गत नेपाल र बंगलादेशबाट हुने पाम आयल निर्यातमा रोक लगाएको हो ।

निर्देशनालयले जारी गरेको परिपत्रमा नेपाल र बंगलादेशले साफ्टाअन्तर्गतको सहुलियत भन्सार दरअनुसार पाम आयल निकासी गर्दै आएको तर त्यसका लागि साफ्टाअन्तर्गतको उत्पत्तिको प्रमाण विषयक नियम पालना गर्नुपर्ने बताइएको छ । यी मुलुकबाट भएको निकासीमा उत्पत्तिको प्रमाण विषयक नियम पालना नभएको आशंका परिपत्रमा गरिएको छ ।

त्यसयता भारतीय वैदेशिक व्यापार निर्देशनालयले ३९ ओटा व्यापारिक प्रतिष्ठानलाई आयात अनुमति दिएको थियो । नेपालबाट वर्ष २०१९र२० मा अघिल्लो वर्षको तुलनामा ३०० प्रतिशत बढी पाम आयल आयात भएको महानिर्देशनालयको सूूचनामा उल्लेख छ । ‘लकडाउनमै पनि केही परिमाणमा निकासी भइरहेको थियो । भारतको प्रतिबन्धले त्यो पनि रोकियो,’ वीरगञ्जस्थित ओसीबी फूडका सञ्चालक सुरेश रूंगटाले बताए । भारतले बंगलादेश र इन्डोनेशियाबाट पनि पाम आयलको आयात रोकेको छ अभियान दैनिकमा खबर छ।