काठमाडौं, ३० बैशाख । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थायी कमिटी बैठक बोलाएको छ। नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलका अनुसार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बिहान ११ बजे बैठक बस्नेछ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित दुई अध्यादेश ल्याएपछि २० जना स्थायी कमिटी सदस्यले लिखित रूपमा दुबै अध्यक्ष समक्ष बैठक बोलाउन माग गरेका थिए।
वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले वैशाख २५ गते स्थायी कमिटी बैठक राख्ने निर्णय गरे पनि अन्तिम समयमा स्थगित गरिएको थियो।











