इन्द्रेणी संवाददाता
काठमाडौं, २९ वैशाख । प्रदेश नं. ५ को कपिलवस्तु र रुपन्देहीमा थप १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
राष्ट्रिय जनसंख्या मन्त्रालयको प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुष र रुपन्देही गाउँपालिका ७ र लुम्बिनी संस्कृतिक गाउँपालिका ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
त्यस्तै वर्दिया राजपुर ५ निवासी ११ वर्षकी महिलामा पनि कोरोना प्ष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।











