इन्द्रेणी संवाददाता
बुटवल, २९ वैशाख । प्रदेश नं. ५ मा सबैभन्दा बढी कपिलबस्तुमा कोरोना संक्रमित भेटिएपछि जिल्लालाई सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको आज वसेको बैठकले जिल्लालाई सोमवार साँझ ५ बजेदेखि सिल गर्ने निर्णय गरेको हो ।

kapilकोरोना संक्रमितको संख्या बढ्दै गएपछि संक्रमणको जोखिम बढेकाले सोमबार साँझ ५ बजेदेखि जेठ ५ गते राती १२ बजेसम्मका लागि सिल गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका छन् । यहाँ आज मात्रै १० जनामा कोरोना संक्रमण देखिएको थियो ।