काठमाडौं, २० बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टीभित्र देखिएको विवादमा सहमति खोज्नका लागि सचिवालय बैठक बोलाइएको हो ।

sachibalayaबुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले त्यसको बदलामा कोरोनापछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग राखेका थिए । ओलीले पार्टीभित्र छलफल नै नगरी विवादित दुई अध्यादेश ल्याएपछि पार्टी भित्र विवाद चुलिदै गएको थियो ।