इन्द्रेणी संवाददाता
रुकुम जन्मघर भएर दाङ लाई कर्मथलो बनाइ व्यावसायमा स्थापित युवा व्यावसायी रुपक थापाले कोरोनाको बेला आफ्ना व्यावसायिक घरहरुको घरभाडामा छुट दिने घोषणा गरेका छन् ।

छोटो समयमै व्यावसायमा स्थापित हुन् सफल थापाले आफुले व्यापार सुरु गर्दाको समयमा कहिलेकाही हुने बन्दले गर्दा नै व्यापार घटेर घरबेटीलाई भाडा तिर्न हम्मे हम्मे पर्ने स्थितिलाई सम्झेर लामो समयको लकडाउनका कारण व्यावसाय रोकिएकाले उक्त समयमा आफुले आफ्ना घराहरुमा बसेर व्यापार गर्ने व्यापारीहरुबाट घरभाडा नलिने घोषणा गरेका हुन् ।

हाल कोरोना भाइरसको आक्रमणले विश्वलाई नै आक्रान्त बनाएको बेला यसको रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण ब्यबसाय ठप्प रहेको र व्यापारीले व्यापार नगरे भाडा तिर्न गाह्रो हुने भन्दै पहिलो चरणमा भाडामा रहेका घोराही बजारको आफ्ना ४ वटा घर र फर्मको एक महिनाको भाडा नलिने घोषणा गरेकाहुन । घोराहीमा रहेका चार वटा घरबाट थापाले प्रतिमहिना ३ लाख १० हजार भाडा बुझ्दै आएका थिए ।