काठामाडौं, ११ बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । वितेको २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालका कुल संक्रमित संख्या ४७ पुगेको हो ।

eeeउदयपुरका एक ५५ वर्षीय पुरुष तथा अर्का संक्रमितमा जनकपुरका १४ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

त्यस्तै उपचारार्थ रहेका संक्रमित निको भएर घर र्फकनेको संख्या पछि बढेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । वितेको २४ घण्टामा दुई जना निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या ९ पुगेको छ ।