काठमाडौं, १० बैशाख । नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण भएका नमुनामध्ये आज बुधबार ३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले वर्ष २४, ६० र ७२ का पुरुषहरुको नमुना पोजेटिभ आएको बताए । यास सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । त्यस्तै हालसम्म ७ जना निको भएर घर फर्किएका छन् ।











