केशरमान बुढाथोकी
दाङ बेल्झुण्डीमा स्थापना गरिएको कोरोना अस्पतालमा भेन्टिलेटर सेेेवा सुचारु गरिएको छ ।
विश्वभरी कोरोनाको महामारीले आक्रान्त गराएकोबेला दाङ र आसपासका क्षेत्रका बिरामीलाई सेवा दिने उद्देश्यले स्थापना गरिएको दाङको बेल्झुण्डी स्थित कोरोना अस्पतालमा दुई वटा भेन्टिलेटर जडान गरिएको कोरोना अस्पताल प्रमुख सर्वेश शर्माले जानकारी दिए ।
कोरोना अस्पतालमा भेन्टिलेटर जडान गरे संगै अब कृटिकल बिरामीहरुले पनि आपतकालीन सेवा पाउने छन । कोरोना अस्पतालमा यो भन्दा अगाडी नै सादा एक्सरे,भिडिओ एक्सरे र जनरल ल्याब पनि स्थापना गरिएको छ ।











