इन्द्रेणी संवाददाता
दाङ । कैलालीका कोरोना संक्रमित युवा संगै नेपाल प्रवेश गरेका दाङका १० जना मध्ये सात जना दाङको कोरोना अस्पतालमा आएका छन ।
गौरिफण्डा नाकाबाट नेपाल प्रवेश गरेका नेपालीहरु मध्य कैलालीका ३ जनालाई कोरोना पोजेटिभ देखिएको थियो ।
ती युवाहरुलाई कोरोना भएको पुष्टि संगै उनिसंग आउनेको पहिचान गर्न थालिएको थियो ।
आउनेहरुमा १० जना दाङका भएको पुष्टि भएपछी दाङ जिल्ला प्रशासन कार्यालय दाङ र दाङका स्थानीय सरकारले पहिचान गर्न सुरु गरिएको थियो ।
पहिचान पछि ७ जना कोरोना अस्पतालको क्वारेन्टाइनमा आएको र बाकी तीन जना सम्पर्कमा नआएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।











