इन्द्रेणी संवाददाता
दाङ, ७ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघले आज एक विज्ञप्ति जारी गर्दै संघमा आवद्ध सबै उद्योगी व्यापारीलाई आफूसँग भएसम्म दैनिक उपभोग्य वस्तुको सहज आपुर्ति बनाउन अनुरोध गरेको छ ।

ssअध्यक्ष नारायण भुसालले विज्ञप्ति जारी गर्दै आजको दिनसम्म जिल्लामा दैनिक उपभोग्य समाग्रीको सहज आपुर्ति भइरहेको र अबका दिनमा पनि आफूसँग मौज्दात भएसम्म उपभोक्तालाई सहज आपुर्ति गराई कोरोनाको भाइरसको संक्रमण फैलन नदिन नेपाल सरकारले अपनाएको पूर्वसतर्कतालाई सहयोग गर्न आग्रह गरेको छ । संघले अहिलेसम्म जिल्लामा प्रयाप्त रहेको पनि जनाएको छ ।