सल्यान, १६ फागुन । यस वर्ष पनि सल्यान कपुरकोटको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरले राष्ट्रपति रनिङ शिल्ड हात पारेको छ । गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा उपराष्ट्रपति चिल्डे«न गेम प्रतियोगीतामा वडा नं ४ स्थित राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरले शिल्ड हात पारेको हो ।

1 fotoप्रतियोगितामा मावि किमुचौरले १६ स्वर्ण, ११ रजत र ४ कास्य पदक जीत्न सफल भएको कपुरकोट खेलकुद विकास समितिले जनाएको छ । गत वर्ष पनि किमुचौरले शिल्ड जितेको थियो ।

यस्तै १० स्वर्ण, ८ रजत र ९ कास्य पदक हात पार्दै कपुरकोट ५ मा रहेको जीवनज्योती माध्यामिक विद्यालय दोश्रो भएको खेल कुद विकास समिति कपुरकोटका अध्यक्ष द्रोण केसीले जानकारी दिए । उनका अनुसार कपुरकोट ६ छायाँनाथमा रहेको भवानी माध्यामिक विद्यालयले २ स्वर्ण, ६ रजत र ८ कास्य पदक जित्दै तेश्रो भएको छ । प्रतियोगिता अन्तर्गत २२ विधाका खेलहरु संचालन गरिएको थियो ।

प्रतियोगितामा प्रथम, दितृय, तितृय हुने विद्यालय तथा खेलाडिहरुलाई गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउँपालिका प्रमुख भिम बहादुर सेनले रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।