तिर्थराज ज्ञवाली
देउखुरी, १४ फागुन । राप्ती गाउँपालिकामा दुःख पाएर, मानसि रुपमा कमजोर भएर सडकमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने उदेश्यका साथ सडक मानव मुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रम विहिवार आयोजना हुदैछ ।
प्रदेश नं ५ का सामाजिक विकास मन्त्रि सुदर्शन बरालले राप्तीको अवस्थालाई चित्रण गर्दै यस क्षेत्र दुःख पाएर सडकमा जिवन यापन गर्ने नागरिक नरहेको गाउँपालिका हुने भनि सडक मानव मुक्त गाउँपालिका घोषणा गर्नुहुने कार्यक्रम रहेको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए ।
दाङको राप्ती गाउँपालिकालाई नेपालको दोस्रो सडक मानवमुक्त गाउँपालिका घोषणा गर्न लागिएको हो । गाउँपालिकाको पिपरीमा रहेको निलसागर असाहाय, अशक्त जेष्ठ नागरिक सेवा केन्द्रको समन्वयमा गाउँपालिका भित्रका ९ वटै वडालाई समेटेर विशेष सरोकारवालाहरुको माझवाट सडक मानवमुक्त गाउँपालिका घोषणा गर्न लागिएको हो ।
घोषणा कार्यक्रममा विशेष ¥याली सहित विभिन्न जातजातीको झाँकी, बाजागाजा सहित सडक मानव मुक्त गाउँपालिका घोषणा गर्न लागिएको राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए ।











