घोराही, ११ फागुन । घोराहीमा केन्द्रीय कार्यालय रहेको सहारा यातायात सेवा प्रालिले बस चालक मनिराम बिकलाई नगदसहित सम्मान गरेको छ । प्रालिको शनिबार सम्पन्न भएको दोस्रो साधारणसभाका अबसरमा नगदसहित सम्मान गरेको हो ।
प्रालिका अध्यक्ष सुरेन्द्र केसी, उपाध्यक्ष टीकाराम पौडेल, सचिब अतुल कवर, कोषाध्यक्ष रामजनक चौधरीसहित कार्यसमिति सदस्यहरुको सहभागीतामा बस चालक बिकलाई नगद पाँच हजार पाँच सय ५५ रुपैया, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । मनिरामले प्रालिमा रहेको ना ७ ख ६५४३ बस चलाउँदै आएका छन् ।
दुर्घटना नगराएर बस चलाएको भन्द्र प्रालिले बिकलाई सम्मान गरेको अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिए । यस्तै उत्कृष्ट कर्मचारीका रुपमा घोराही काउन्टरका गोपाल केसीलाई पनि नगद पाँच हजार पाँच सय ५५ रुपैया, प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।











