इन्द्रेणी संवाददाता
दाङ, ७ फागुन । नागरिक समाज दाङको नियमित बैठक आज सम्पन्न भएको छ । समाजका संयोजक चन्द्रराज पन्तको अध्यक्षता वसको बैठकले माघ १८ गते तुलसीपुर १९ छिल्लीकोटमा स्थानीयहरुबीच गरेको अन्तक्र्रियामा छिल्लीकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न र त्यहाँको मुख्य उत्पादन मालागेडीलाई व्यवसायिक रुपमा प्रवद्र्धन गर्न तुलसीपुर उपमहानगरपालिका र जिल्ला वन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

feature0त्यस्तै प्रजातन्त्र दिवसको उपलक्ष्यमा सबै नागरिकहरुप्रति हार्दिक बधाई ज्ञापन गर्दै प्रजातन्त्रविना नागरिक अधिकारको ग्यारेन्टी नहुने हुँदा प्रजातन्त्रको संस्थागत विकासको लागि राजनीतिक दलहरुलाई अझ बढी एकताकासाथ अघि बढ्न हार्दिक अपिल गरेको छ । साथै प्रदेश पाँच सरकारले दाङको बेलझुण्डीमा यही फागुन १०, ११ र १२ गते आयोजना गर्न लागेको प्रदेश एक्स्पोमा व्यापक रुपमा सहभागिता जनाउन नागरिक समुदायलाई आह्वान गर्ने निर्णय गरेको सचिव लक्ष्मी आचार्यद्धारा विज्ञप्तिमा उल्लेख छ ।

बैठकले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आठ मार्चको अवसरमा दाङमा आयोजना हुने कार्यक्रममा ऐक्यवद्धता प्रकट गर्दै सहभागिता जनाउने पनि निर्णय गरेको छ ।