तुलसीपुर, ६ फागुन । तुलसीपुरका केशव भण्डारीले गाडी चलाउन थालेको वर्षाै भइसक्यो । उनले गाडीमा चढ्ने सबै यात्रुलाई सम्मानजनक रुपले वोलाउने गर्दछन् । तर उनका स्टाफहरुले भने जथाभावि वोल्ने गरेका छन् ।

IMG_0599 (1)“राम्रो भाषा वोल्न सिकाउँछु तर उनीहरुले मान्दै मान्दैनन्” तुलसीपुर उपमहानगरपालिकाले सार्वजनिक गाडी, होटेल र विभिन्न पर्यटन सम्वद्ध व्यवसायमा काम गर्नेहरुका लागि आयोजना गरेको अभिमुखीकरण तालिममा उनले अनुभव राख्दै थिए ।

यस्तै अनुभव छ नमस्ते राप्ती प्रालिका कार्यालय प्रमुख सुशिल वुढाथोकीको पनि । “गाडीमा चढ्ने यात्रुहरुलाई सम्मानजनक भाषा प्रयोग गर्नु आवश्यक छ” उनले गाडीमा काम गर्नेहरुलाई गलत दृष्टिकोणले हेर्न प्रवृत्ति वढेको कुरामा समेत जोड दिए । “हामी सच्चिएर अगाडि वढ्नुपर्ने आवश्यकता छ ” उनको भनाइ थियो ।

कार्यक्रममा वोल्दै तुलसीपुर डिलक्स प्रालिका जितवहादुर खड्काले यातायात क्षेत्रमा विस्तारै सुधार हुँदै गइरहेको कुरामा जोडल दिए । उनले मुस्कान सहितको सेवा दिनका लागि अत्यन्त आवश्यकता भएको भन्दै तुलसीपुरमा आउने यात्रुहरुलाई फरक अनुभुति दिनका लागि प्रालिका तर्फबाट पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

पर्यटन प्रवद्र्धनका लागि तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको घुम्न जाउँ तुलसीपुर अभियान अन्तर्गत कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न निकायका व्यक्तिहरुका विचमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । यातायात, होटेल, होमस्टे लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सो अवसरमा कसरी मुस्कान सहितको सेवा दिने भन्ने वारेमा जानकारी गराइएको थियो ।

“हामीले होमस्टे सञ्चालन गरिसकेपनि त्यसलाई कसरी चलाउने भन्ने थाहा पाएका थिएनौ अव सजिलो हुने भयो” कुमाल गाउँ होमस्टेकी विपना कुमालले वताइन् ।

कार्यक्रममा वोल्दै नगर प्रमुख घनश्याम पाण्डेले असल व्यवहारबाट मान्छेको मन जित्न सकिने वताउँदै तुलसीपुर आउने हरेक मान्छेलाई नम्र व्यवहार देखाउनुपर्ने कुरामा जोड दिए । उनले व्यवहार सुधारका लागि उपमहानगरपालिकाले निरन्तर प्रयास गरिरहेको समेत वताए ।

कार्यक्रममा वोल्दै प्रशिक्षक एवम् नेपाल पर्यटन वोर्डका पूर्व कार्यकारी निर्देशक रमेश अधिकारीले अरुबाट राम्रो व्यवहार पाउन आफुले पनि सोही अनुसार व्यवहार गर्नुपर्ने कुरामा जोड दिएका थिए । उनले गाडी र होटल मात्रै डिलक्स भएर नहुने भन्दै व्यवहार पनि सोही अनुसार हुनुपर्ने कुरामा जोड दिएका थिए । समापन कार्यक्रमको सहजिकरण पर्यटन शाखाकी यशोदा वलीले गरेकी थिइन् ।