इन्द्रेणी संवाददाता
दाङ, ६ फागुन । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि जवरजस्तीको प्रयास गरेको आरोपमा करीव ३ महिनासम्म थनाउमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले रिहा पछि सबैलाई धन्यवाद दिएका छन् ।
जिल्ला अदालत काठमाडौें सोमवार सफाइ दिएपछि सदर कारागारबाट छुटेका महराले आफूलाई लागेको आरोपको सफाइ पाउदाको प्रक्रियासम्म सहयोग गर्ने सबैमा उनले एक विज्ञप्ति जारी गरी धन्यवाद दिएका हुन् ।
सफाइ पाएपछि उनको संसद पद पनि फुकुवा भएका छन् । पद फुकुवा भएपछि उनले संसद सेवासुविधा पाउने छन् भने संसद बैठकमा उपस्थिति हुने छन् ।











