इन्द्रेणी संवाददाता
दाङ, २ फागुन । पद्योदय पव्लिक नमूना माध्यमिक विद्यालय दाङमा सिटीइभिटिका विद्यार्थीहरुले गरेको आन्दोलन प्रति शिक्षक अभिभावक संघको ध्यानकर्षण भएको छ ।

press releaseआज संघका अध्यक्ष विश्वारज आचार्यले विज्ञप्ति जारी गर्दै सिटीइभिटीको पाठ्यक्रमको विषयमा फैलिएको हल्ला गलत भएको भन्दै यसको विषयमा पहिले नै सहमति भइसकेको जनाएका छन् । कसैले आफ्नो स्वार्थ पुरा गर्नका लागि यसलाई कुप्रचार गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।