इन्द्रेणी संवाददाता
तुलसीपुर, २२ माघ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ १० गतेदेखि शुरु भएको तुलसीपुर महोत्सव सकिएको छ । महोत्सवको मंगलवार विधिवतरुपमा समापन गरिएको हो ।

67महोत्सव भव्यताका साथ सफल भएको र पश्चिम दाङको विकासका लागि कोषेढुंगा सावित भएको आयोजकको दावी छ ।
पर्यटन मन्त्री योगेश कुमार भट्टराइले उद्घाटन गरेको महोत्सवको समापन तुलसीपुर उमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले गरेका थिए ।

यसैबीच दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि घोराहीमा शुरु गरेको महोत्सवको पनि आज अन्तिम दिन हो । ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को बाह्रो दिन नेपाली सांगितिक क्षेत्रका चर्चित गायक प्रमोद खरेललगायतका कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन गराएका थिए ।