दाङ, २१ माघ । घोराही उपमहानगरपालिका वडा नं. १४ मेयर कप फुटवल प्रतियोगतामा विजयी हुने खेलाडीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
गत पुस २४ देखि माघ १३ गतेसम्म घोराहीमा संचालन भएको उक्त फुटवल प्रतियोगितामा वडाबाट द्धितीय स्थानमा आएको भन्दै खेलाडीलाई सम्मान तथा पुरस्कृत गरिएको हो । वडा कार्यालयले बिजयी हुने २१ जना खेलाडीलाई नगद २५ सय र प्रमाणपत्र ले सम्मान गरिएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिएका छन् ।
पुरस्कृत हुनेमा सबैलाई घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले प्रमाणपत्र र नगद राशी प्रदान गरेका थिए ।











