तुलसीपुर, १९ माघ । तुलसीपुरमा माघ १० गते देखि सञ्चालन भएको महोत्सवमा उल्लेखनीय सहभागीता रहेको छ । १० दिन सम्म भव्यताका साथ महोत्सव सञ्चालन भएको आयोजकले जनाएको छ ।
महोत्सवमा भोलि सोमवार चर्चित गायक प्रमोद खरेल, गायक संगितकार हरि विष्ट, करण न्यौपाने, रेष्मा पुन, अमित परियार, रितु तामाङ ,मोडेल अस्मीता राना, कृति पाण्डे, मोडेल एव डान्सर आशा विक, उषा विक लगायतका चर्चित कलाकारहरु आउने भएका छन् ।
तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा सुरुभएको महोत्सव २०७६ ले तुलसीपुर सहित पश्चिम दाङको विकासमा महत्वपुर्ण भुमिका खेलेको आयोजक समितिका संयोजक विरु रावतले जानकारी दिएका छन् । रकम वचत गरेर बिकास निमार्णका पूर्वाधारहरु जोडेको भन्दै यस पटकको महोत्सव बाट निमार्णाधिन सभाहललाई पूर्णता दिने अध्यक्ष रावतले बताए ।
नेपालमा भ्रमण वर्ष २०२० चलिरहदा घुम्न जाऊँ तुलसीपुरको अभियानलाई सफल बनाउन समेत यो महोत्सवले अहम भूमिका निर्वाह गरेको बताएको छ । जिल्लाको पर्यटकिय विकासमा समेत कोषे ढुंगा सावित भएको समेत बताएको छ । महोत्सवमा ५ लाख दर्शक सहभागी रहने १५ करोडको आर्थिक कारोबार हुने तथा १ करोड रुपैया बचत गर्ने अपेक्षा लिएको र महोत्सव सफल भएको आयोजकले जनाएको छ ।
महोत्सवका अवसरमा मिनि म्याराथुन दौड प्रतियोगिता , साईकिलीङ , नृत्य प्रतियोगिता , हेलिकप्टर मार्फत पर्यटकिय स्थलहरुको अवलोकन लगाएतका कार्यक्रम आयोजना गरिएको र सो कार्यक्रम प्रभावकारी भएको बताएको छ ।











