घोराही, १२ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दाङ शाखाले स्वर्गीय ऋषिराम रिजालको परिवारलाई शनिबार बिमा दावी भुक्तानी गरेको छ । घोराही उपमहानगरपालिका १५ का रिजालले ६ वर्ष अघि जीवन समृद्धि बिमा योजना अन्तर्गत ५० लाखको बिमा गर्नुभएको थियो ।
बिमा बापतको ५० लाख बिमाङ्क, १८ लाख ६० हजार बोनस, अग्रीम भुक्तानी बापतको चार वर्षको रकम १५ लाख गरी ८३ लाख ६० हजारको लाभ प्राप्त भएको नेपाल लाईफ इन्स्योरेन्स घोराही दाङ शाखा प्रमुख वसन्त अधिकारीले जानकारी दिए ।
बिमा दावी बापतको रकम घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र शाखा प्रमुख अधिकारीले संयुक्त रुपमा स्वर्गीय रिजालको पत्नी इन्दिरा रिजाललाई हस्तान्तरण गरेका थिए ।
चेक हस्तान्तर पश्चात् नगर प्रमुख चौधरीले बिमाले बिना झञ्झट बिमितहरुलाई सेवा दिनुपर्ने बताए । घरमै आएर रकम दिँदा बिमा कम्पनीप्रति नागरिकहरुको विश्वास अझ बढेको बताउँदै उनले बिमाबाट पाएको रकमलाई सदुपयोग गर्न आग्रह गरे । रिजालको क्यान्सर रोगका कारण ४२ वर्षको उमेरमा निधन भएको थियो ।











